ट्राफिक कारवाहीमा पर्नु भो ? यसरी तिर्नुहोस् चिट काटेकै ठाउँमा ‘अन द स्पट’ जरिवाना

ट्राफिक कारवाहीमा पर्नु भो ? यसरी तिर्नुहोस् चिट काटेकै ठाउँमा ‘अन द स्पट’ जरिवाना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान नै थालेको छ ।

ट्राफिक प्रहरीले दिने सेवालाई प्रविधि मैत्री बनाउदै आम सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने अभियान तर्फ लम्कीरहेको अबस्थामा आजदेखी थप सेवा सुचारु गरेको हो ।

सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरे पश्चात ट्राफिक प्रहरीले जारि गर्ने २४ घण्टे पुर्जी बापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारवाही स्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज एक कार्यक्रमका वीच प्रविधिमा आधारित ‘पे फाइन अन द स्पोर्ट ( इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ व्यवस्थाको शुरुवात गरेका हुन् ।

सो अवसरमा एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुदै गएको चर्चा गर्नुहुदैं अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरी थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणालीको शुरू गरेको बताए ।

चिटकाटेको चिट नम्बर र रसिद नम्बर मोबाइलमा राखेपछि क्यूआरबाट सजिलै जरिवाना तिर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

व्यक्तिले ३० दिन भित्र बैंकमा गएर समेत चिटको रकम भुक्तानी गर्न सक्ने छन् । अहिले ट्राफिक कारवाहीमा परेरमा सवारीधनीले अनलाइन भुक्तानी वा ग्लोबल आइएमई बैंकको कुनै पनि शाखामा जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।

साथै, जरिवाना भुक्तानी गरेकोे प्रमाण लिएर सम्बन्धित ट्राफिक प्रहरी कार्यालय गएर कागजात फिर्ता लिने गरेका छन् ।

यसका लागि ट्राफिक प्रहरी महाशाखाले डकुमेन्ट ट्र्याकिङ प्रणालीमार्फत् एसएमएस पठाएर कारवाहीमा नियन्त्रणमा लिइएको कागजात कुन कार्यालयमा छ भनेर बुझ्न सकिने व्यवस्था गरेको थियो ।

पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावालाखेल र जनसेवा गरी पाँच वटा ट्राफिक कार्यालयबाट शुरु गरेको यो सेवालाई क्रमश अन्य कार्यालयमा समेत विस्तार गर्ने महाशाखाले जनाएको छ ।

यद्दपि महाशाखाको अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका चालकहरुले भने ट्राफिक जनचेतनामुलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिनेछन् ।

Recent Comments

No comments to show.