यु-१९ क्रिकेट: नेपाल र बंगलादेश एकै समूहमा

यु-१९ क्रिकेट: नेपाल र बंगलादेश एकै समूहमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यु-१९ एसिया कपमा नेपाल सहज समूहमा परेको छ। एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ। समूहमा नेपालसहित बंगलादेश, श्रीलंका र कुवेत छन्। 

समूह ‘ए’ भने भने बलिया भारत, पाकिस्तान, अफगानिस्तान र आयोजक राष्ट्र युएई छन्। प्रतियोगिता ८ देखि १७ पुससम्म हुनेछ। समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्। 

नेपालले ८ पुसमा पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दा ११ पुसमा दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ। यस्तै १३ पुसमा कुवेतसँग खेल्ने तालिका छ। 

प्रतियोगिताको लागि नेपाली टोलीले तयारी तीब्र बढाएको छ। 

Recent Comments

No comments to show.