बेइजिङ ओलम्पिकलाई कूटनीतिक बहिष्कार गर्ने अमेरिकाकाे घाेषणा

बेइजिङ ओलम्पिकलाई कूटनीतिक बहिष्कार गर्ने अमेरिकाकाे घाेषणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ  । अमेरिकाले आगामी वर्ष चीनकाे राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कूटनीतिक बहिष्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो ।

तर उसले अमेरिकी खेलाडीहरू भने उक्त प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने बताएको छ । गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलिम्पिकको कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमबार बहिष्कारको पुष्टि गर्दै अमेरिकी प्रशासनले ओलिम्पिक उत्सवमा योगदान नगर्ने बताइन् । चीनले यसअघि नै बहिष्कारका कुनै पनि घटनाहरूलाई त्यसरी नै प्रतिवाद गर्ने बताइसकेकाे छ । 

यसअघि सन् १९८० मा अमेरिकाले मस्को ओलम्पिक बहिष्कार गरेको थियो । त्यतीबेला अमेरिकाले आफ्ना खेलाडीलाई पनि सहभागी हुन दिएको थिएन । 

Recent Comments

No comments to show.