मेस्सीको चार तारे होटल भत्काउन अदालतको आदेश

मेस्सीको चार तारे होटल भत्काउन अदालतको आदेश

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ  ।  फुटबल स्टार लियोनेल मेस्सीको स्पेनमा रहेको चारतारे होटल भत्काउन अदालतले आदेश दिएको छ।

मापदण्डविपरित होटल बनाएको भन्दै २६ मिलियन पाउण्ड लगानीमा बनेको होटल मिम सिटगेशलाई अदालतले तत्काल भत्काउन आदेश दिएको हो।

मेस्सीले सन् २०१७ मा मेस्सीले यो होटल करिब ३ करोड युरोमा खरिद गरेका थिए।

यो होटेलका बाल्कोनी, फायर प्लानलगायत अन्य संरचना तोकिएको मापदण्ड अनुसार नभएको भन्दै अदालतले भत्काउन आदेश दिएको हो।

यो होटल बार्सिलोनाभन्दा ४० किलोमिटर टाढा समुद्री किनारा नजिकै रहेको छ। यो होटलमा ७७ ओटा कोठा छन्। यी प्रत्येक कोठामा बसेको एक रातको करिब १०५ पाउण्ड खर्च लाग्छ।

डेलिमेलका अनुसार सन् २०१७ मा मेस्सीले खरिद गर्नुभन्दा पहिला नै यो होटल भत्काउन आदेश दिइएको थियो। यद्यपि मेस्सीले यो होटल खरिद गर्दा यस विषयमा ध्यान दिएनन्।

द मिररका अनुसार यो होटलको बाल्कोनी निकै ठूलो छ र मापदण्डअनुसार यो होटलका कोठाहरू पनि मिलेको छैन। त्यसका साथै होटलको आगलागी नियन्त्रणको योजना पनि स्थानीय मापदण्ड अनुसारको छैन।

Recent Comments

No comments to show.