सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घट्याे, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घट्याे, कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएकोमा शुक्रबार २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको हो।

शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७७ हजार ८४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ। 

शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार १९० रुपैयाँ कायम भएको छ। बिहीबार पनि चाँदीको सोही मूल्य कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २० पैसा कायम भएको महसंघले जनाएको छ।

Recent Comments

No comments to show.