रोनाल्डोको कीर्तिमानी ८०० गोल

रोनाल्डोको कीर्तिमानी ८०० गोल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले आफ्नो फुटबल करियरमा ८०० गोल पूरा गरेका छन्।

बिहीबार राति भएको प्रिमियर लिगअन्तर्गत आर्सनलविरुद्धको खेलमा म्यान्चेस्टरका लागि २ गोल गर्दै ८ सय गोल कटाएका हुन्।

आर्सनलविरुद्धको खेलमा म्यानचेस्टर युनाइटेडले ३–२ को कठिन जित हात पारेको हो। खेलको १३ औं मिनेटमा १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै म्यानचेस्टर युनाइटेडले जित हात पारेको हो।

रोनाल्डोले खेलको ५० औं मिनेटमा गोल गर्दै आफ्नो फुटबल करियरमा आफ्नो ८०० गोल पूरा गरेका थिए। उनले खेलको ७० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई जित दिलाए।

यससँगै प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले १४ खेलबाट २१ अंक जोडेको छ। योसँगै रोनाल्डोको १ हजार ९७ खेलबाट ८०१ गोल पुगेको छ ।

उनले म्यान्चेस्टरका लागि १३०, स्पोर्टिङ लिस्बोनका लागि ५, रियल मड्रिडका लागि ४५० तथा युभेन्टसका लागि १०१ गोल गरेका छन्। त्यस्तै पोर्चुगलका लागि ११५ गोल गरेका छन्।

रोनाल्डो अन्तर्राष्ट्रिय पुरुष फुटबलका उच्च गोलकर्ता हुन्। त्यस्तै च्याम्पियन्स लिग र रियल मड्रिडका पनि अल टाइम उच्च गोलकर्ता हुन्।

Recent Comments

No comments to show.