सर्वोच्चको ऐतिहासिक दिन, आजदेखि गोलाप्रथाबाट पेशी तोक्ने

सर्वोच्चको ऐतिहासिक दिन, आजदेखि गोलाप्रथाबाट पेशी तोक्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले बुधवारदेखि गोला प्रथाबाट पेशी तोक्ने निर्णय गरेको छ । यो निर्णय लागूभएसँगै प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य हुनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो विशेषाधिकारको दुरुपयोग गर्दै आफ्नो स्वार्थ अनुसार पेशी तोकेर न्यायालयलाई बदनाम बनाएको भन्दै लामो समयदेखि सर्वोच्चका न्यायाधीशसँगै कानुन व्यवसायीहरु आन्दोलनमा छन्।

यसअघि प्रधानन्यायाधीश राणाले पेशी तोक्दै आएका थिए । तर त्यसरी पेशी तोक्दा ‘सेटिङ’ गरेर न्याय किनबेच गरेको आरोप कानुन व्यवसायीले प्रधानन्यायाधीश राणामाथि लगाएका थिए ।

गोलाप्रथाबाट पेशी तोक्नुपर्ने मागसहित बारका कानुन व्यवसायीले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आएका छन् ।

गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए ।

नेपाल बार एसोसीएसनको जबराको राजीनामा माग्दै भएको आन्दोलनमा ऐक्यबद्धता जनाएर न्यायाधीशहरूले इजलास बहिस्कार गरेका थिए । तर, गोलाप्रथा लागु गर्ने भएपछि न्यायाधीश इजलास फर्किए पनि बार भने आन्दोलनमै छ ।

Recent Comments

No comments to show.