चितवन । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष पदका लागि कसैको पनि उम्मेद्वारी नपरेपछि ईश्वर पोखरेल निर्विरोध भएका छन् ।
बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दाबी नपरेपछि पोखरेलले निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि वरिष्ठ उपाध्यक्षमा नपरेपछि पोखरेल सर्वसम्मत वरिष्ठ उपाध्यक्ष भएका हुन् ।
प्रतिक्रिया