युएईविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै

युएईविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी विश्वकपको एसियाली छनोटमा नेपालले आयोजक देश यूएईसँग टस जितेर फिल्डिङ राजेको छ।

आईसीसी क्रिकेट एकेडेमीको मैदानमा आज सवा ११ बाट सुरु हुने खेलमा नेपालल टस जितरे फिल्डिङ रोजेको हो। अब नेपालाले यूएईलाई उसले भन्दा १० बल कम खेलेर हराउन सकेमा मात्र विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ।

अहिले ६ टीम सम्मिलित छनोट खेलमा मलेसिया र भुटासँगै अंकविहीन कुवेत बाहिरिइसकेको छ।

त्यसैले शीर्षस्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने अवसर नेपाल, यूएई र हङकङलाई छ। त्यो किन भने यूएईको ८ अंक छ भने नेपाल र हङकङको समान ६–६ अंक छ।

यदि आजको खेलमा नेपालले जित निकाल्न सके नेपालको पनि समान ८ अंक हुनेछ। यद्यपि, यूएई नेट रन रेटमा नेपालभन्दा अघि छ। उसको २।३९८ छ भने नेपालको २।०८८ मात्र छ।

त्यस्तोमा नेपालले यूएईलाई कि १० रन भन्दा धेरैले हराउनु पर्ने थियो। कि उसले भन्दा १० बल थोरै खेलेर जित निकाल्नु पर्ने थियो। तर नेपालले फिल्डिङ रोजेपछि अब नेपालले यूईले खेलेको भन्दा १० बल कम खेलेर जित निकाल्नु पर्ने भएको छ।

यता नेपालले यूएईलाई हराएर हङकङले नेपाललाई भेट्न नसकेको अवस्थामा नेपाल ग्लोबल छनोटमा पुग्नेछ। हङकङले आजै छनोटकै सबैभन्दा कमजोर टिम कुवेतको सामना गर्नेछ। यदि उसले जित निकालेको अवस्थामा नेपाल र यूएईको नेट रन रेट हङकङको भन्दा थोरै भएमा उसले ग्लोबल छनोटमा स्थान बनाउने छ।

Recent Comments

No comments to show.