जाजरकोटमा रात्रीबस दुर्घटना: ५ जनाको मृत्यु, ३० घाइते

जाजरकोटमा रात्रीबस दुर्घटना: ५ जनाको मृत्यु, ३० घाइते

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको रात्री बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । 

ना ६ ख २७५७ नम्बरको बस गए राति २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुन बाँकी छ । दुर्घटनामा घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेहरू सबैलाई जिल्ला अस्पताल जाजरकोट पुर्‍याइएको छ ।

बसमा ३३ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

Recent Comments

No comments to show.