काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर घोषणा गरेको हो ।
कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
कालिका लघुवित्तले चालु आर्तिक वर्षको पहिलो त्रैमासमा ४ करोड ८० लाख मुनाफा गरेको छ ।
प्रतिक्रिया