अर्थतन्त्र पुनरुत्थान गर्न नीतिगत सुधार आवश्यक, एमसीसी आउनुपर्छ : अध्यक्ष गोल्छा

अर्थतन्त्र पुनरुत्थान गर्न नीतिगत सुधार आवश्यक, एमसीसी आउनुपर्छ : अध्यक्ष गोल्छा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कोभिड–१९ महामारीका कारण समस्यामा परेको अर्थतन्त्रको पुनरुत्थानका लागि नीतिगत सुधार आवश्यक रहेको उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले बुधबार आयोजना गरेको ‘आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

महामारीले खासगरी पर्यटन क्षेत्रमा ठूलो असर गरेको र यसको पुनरुत्थानका लागि नीतिगत सुधारको आवश्यक रहेको उनले बताए ।

अमेरिकी अनुदान सहयोग कार्यक्रम एमसीसी कार्यान्वयनमा ल्याउनु पर्ने समेत उनले बताए । एमसीसी कार्यान्वयन नगर्दा विकासको गति सुस्त हुने उनले बताए ।

Recent Comments

No comments to show.