मौसम पूर्वानुमान: तीन प्रदेशमा हिमपातको संभावना

मौसम पूर्वानुमान: तीन प्रदेशमा हिमपातको संभावना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल देशका पहाडी भू-भागहरुमा आंशिक रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ। देशका प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहनुको साथै देशभर चिसो वढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो  प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती  प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भागहरुमा  आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एकरदुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भागहरुका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार दिउँसो  प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भागहरुमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भागको एक र दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती  प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भागहरुमा  आंशिकदेखि सामान्य बदली र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागहरुका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहिबार दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको  पहाडी भागहरुमा  आंशिकदेखि सामान्य बदली र लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागमा आशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भागको एक र दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भागहरुका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिकदेखी सामान्य बदली र लुम्विनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आशिक बदली रही वाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एकरदुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

Recent Comments

No comments to show.