काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबारदेखि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सुरु हुँदैछ।
महाधिवेशनअन्तर्गत वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेपछि कांग्रेसले प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सुरु गरेको हो।
कांग्रेसले देशैभरका एक सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सोमबार अधिवेशन हुने कार्यतालिका छ। मंसिर ९ गतेसम्म अधिवेशन गरिसक्नुपर्ने छ।
नेपाली कांग्रेस नुवाकोटमा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा युवा पुस्ताको अग्रसरता बढेको छ । जहाँ चुनावी मैदानमा होमिएका छन् यु्वादेखि वृद्धा समेतमा लोकप्रिय चर्चित दुई युवा नेता दिपक लामा र जयराम दाहाल ।
उनिहरुको चुनावी मैदान नुवाकोटमा शीर्षनेताको टाउको दुखाई बन्न पुग्छ ।
लामा र दाहाल लामो समयदेखि विद्यार्थी आन्दोलनमा क्रियाशिल रहदै निरन्तर लागेर नुवाकोटे यु्वादेखि वृद्धा समेतमा लोकप्रिय व्यक्ति हुन् ।
शैक्षिक रुपमा योग्य, कुशल वक्ताको रुपमा परिचित छन् । विपक्षी गठबन्धनलाई परास्त गर्नसक्ने, राजनितीका रुपमा आशा र भरोसा केन्द्रबनेका यी दुईयुवा नेताले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेस नुवाकोटका युवा नेता समेत रहेका नेता दाहालले नुवाकोट क्षेत्र नं २ को प्रदेश सभा ‘क’ बाट प्रतिष्पर्धा गर्न लागेका हुन् । लामाले क्षेत्र नं २ को जनजातीवाट उम्मेदवारी दिएका छन् । (महत समूहका उम्मेदवार जगतबहादुर तामाङ) को प्यानलबाट आफूले उम्मेदवारी घोषणा गरेका हुन् ।
के छ दाहालको राजीतिक इतिहास ?
सामान्य किसान परिवारमा जन्मिएका दाहाल २०५५ सालबाट नेविसंघमा आवद्ध भए । तत्कालिन जिलिङ गाविस (हाल बेलकोटगढी नगरपालिका(८) मा रहेको कल्याणी देवी माध्यामिक (हाल उमावि) मा एकाइ अध्यक्ष चुनिएका थिए । सरल र मिजासिलो स्वभावका दाहाल त्यसयता संगठनका विभिन्न तह र तप्काको नेतृत्व समेत गरिसकेका छन् । सोही क्रममा २०५७ सालमा नुवाकोट क्षेत्र नं १ को नेविसंघको क्षेत्रीय सदस्य बनेका दाहाल २०६१ सालमा क्षेत्रीय सभापति बनेका थिए ।
कर्मथलो काठमाडौं बनाउँदै आएका दाहाल प्रदर्शनी मार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा अध्ययन गर्दै गर्दा २०६२-६३ को आन्दोलनमा समेत सहभागी भए । अनेरास्ववियुको लालकिल्ला मानिने आरआर क्याम्पसमा नेपाल विद्यार्थी संघलाई थप जुझारु र सक्रिय बनाएका दाहालले आरआर क्याम्पसको कार्यबाहक सभापति समेत बनेका थिए ।
त्यसैगरी २०७३ सालमा सम्पन्न नेविसंघको ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । सो क्रममा प्रदेश नं ३ (बागतमी) प्रदेशबाट पपुलर मत ल्याएर विजयी भएका थिए ।
मानविकीमा स्नातकोत्तरसम्म गरेका दाहालले कानुनमा स्नातक सम्मको अध्ययन गरेका छन् ।
मिठो भाषण कला, सरल स्वभाव र सबैसँग मिल्न सक्ने क्षमता दाहालको विशेषता हो । जिल्लादेखि केन्द्रसम्मका गुटका नेताहरुसँग राम्रो सम्बन्ध स्थापना गरेका दाहाल नेविसंघमा निरन्तर अधिवेशन हुन नसकेको कारण आफू जस्ता युवाहरु नेतृत्व लिनबाट बञ्चित भएको गुनासो गर्छन् ।
अन्य संगठनमा सँगै राजनीति सुरु गरेका साथीहरु पार्टी राजनीतिमा लागिसक्दा पनि आफूहरु नेविसंघमा नै खुम्चिपरेका दाहालको भनाइ रहेको छ ।
देशभरबाट युवाहरु अग्रसर भएका कारण आगामी पुस्तालाई राजनीतिमा सक्रिय बनाउन १४ औँ महाधिवशेनले भूमिका खेल्ने समेत दाहालको दाबी रहेको छ ।
प्रतिक्रिया