मौसम पूर्वानुमान : कहाँ-कहाँ छ बदली र वर्षाको सम्भावना ?

मौसम पूर्वानुमान : कहाँ-कहाँ छ बदली र वर्षाको सम्भावना ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । सोमबार बिहान पहाडी भू-भागमा आंशिक बदली छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

मंगलबार प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

Recent Comments

No comments to show.