प्रहरी हिरासतमा ७७ वर्षीया वृद्धाको मृत्यु

प्रहरी हिरासतमा ७७ वर्षीया वृद्धाको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ । बझाङकी ७७ वर्षीया वृद्धाको जिल्ला प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएको छ।

केदारस्युँ गाउँपालिका(२ की ७७ वर्षीया विष्णादेवी रावलको प्रहरीको हिरासतमा रहेको वेला शनिबार मृत्यु भएको हो। हिरासत कक्षमै बेहोस भएपछि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी ज्ञानबहादुर विष्टका अनुसार, उनी एक्कासि बेहोस भएकी थिइन्। उपचारका लागि जिल्ला अस्पताल सिमखेत लैजाँदै गर्दा उनको मृत्यु भएको विष्टको भनाइ छ।

उनलाई जिल्ला अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

उनी दुई सातादेखि प्रहरी हिरासतमा थिइन्। विष्णादेवीकी बुहारीको ७ कात्तिकमा मृत्यु भएको थियो। उनी झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। माइती पक्षले आमाछोरा मिलेर हत्या गरेको भन्दै प्रहरीमा उजुरी दिएको थियो।

त्यसपछि प्रहरीले ७७ वर्षीया विष्णादेवी र उनका छोरा जयबहादुरलाई कर्तव्य ज्यान मुद्दामा २० कात्तिकमा पक्राउ गरेको थियो।

Recent Comments

No comments to show.