नाडाको निर्वाचन मंसिर २२ र २३ गते,नेतृत्वका लागि चौधरी र थापाबीच कडा प्रतिस्पर्धा

नाडाको निर्वाचन मंसिर २२ र २३ गते,नेतृत्वका लागि चौधरी र थापाबीच कडा प्रतिस्पर्धा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अटोमोबाइल्स व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल्स डिलर्स एसोसियसन (नाडा)को ४५ औं साधारणसभा तथा अधिवेशनका लागि मंसिर २२ र २३ गते निर्वाचनको मिति घोषणाँ भएको छ ।

यसअघि भदौ २४ र २५ गतेका लागि तोकिएको एसोसिएसनको निर्वाचन कोभिड– १९ का कारण प्रभावित भएको थियो।

४५ औँ साधारणसभाका लागि अध्यक्षमा करणकुमार चौधरी र ध्रुव थापाबीच कडा प्रतिस्पर्धा हुँदैछ । नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा हुने एसोसिएसनको निर्वाचनबाट अध्यक्षसहित संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्यसमितिको निर्वाचन हुनेछ ।

चौधरी समूहका पदाधिकारी र सदस्य

करण चौधरी समूहले करिब करिब पदाधिकारी पनि टुंगो लगाएको छ । महासचिवमा २ कार्यकाल बिताईसकेका सुनिल रिजाल ९वर्तमान महासचिव० उपाध्यक्ष बन्ने टुंगो लागेको छ । अब २ वर्षपछि हुने अर्को चुनावी साधारण सभामार्फत अध्यक्ष बनाउने भनिएका राजनबाबु श्रेष्ठ पनि उपाध्यक्ष बन्ने भएका छन् ।

महासचिवमा सुरेन्द्र कुमार उप्रेती (सुरेश) को करिब करिब टुंगो लागेको छ । २ कार्यकाल सचिव भईसकेका अनुप बराललाई कसरी व्यवस्थापन गर्ने भन्ने छलफल जारी छ । उनी अब विधानकै कारण सचिव बन्न नपाउने भएपछि उनले पनि महासचिवमा दाबी गरेका छन् । करण चौधरी समूह स्रोतका अनुसार विधानमा भएको व्यवस्था अनुसार नै उनलाई सचिवबाट नघट्ने गरी पदाधिकारीमा सुनिश्चित गरिने छ ।

कोषाध्यक्ष र सह–कोषाध्यक्षमा निशान ढकाल र अभिक ज्योतिको चाहना छ । प्रकाश कपुरी गत साधारणसभामै अध्यक्षको दाबेदार भएकाले उनलाई सम्मानजनक समितिको नेतृत्व दिने तयारी चौधरी समूहको छ । यसपटक पनि संगठन विस्तार समितिको सभापति रहेर कपुरीले ९ सय सदस्य रहेको नाडामा ३१ सय सदस्य पुर्याउन महत्वपूर्ण भूमीका खेलेकाले उनले संस्थालाई पर्याप्त समय दिन सक्ने देखिएकाले यसपटक पनि कपुरीलाई महत्वपूर्ण समितिको नेतृत्व दिने तयारी चौधरी समूहले गरेको बुझिएको छ ।

यी बाहेक, मिलनबाबु मल्ल, बिक्रम सिंहानिया, अभिमन्यु गोल्छा र बरदान बस्नेत पनि टिममा छन् ।

थापा समूहका पदाधिकारी र सदस्य

ध्रुव थापा समूहलाई लक्ष्मी हुण्डाईका निराकार श्रेष्ठ, फोर्ड मोटर्सका आकाश गोल्छा, हिट्को प्रा।लिका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रदिपमान प्रधान, जगदम्बा मोटर्सका दीपक अग्रवाल र सञ्जय खेतानको साथ छ ।

थापा समूहबाट चुनाव लड्नेमा आकाश गोल्छा, अमर रन्जित, निराकार श्रेष्ठ, दिपेन्द्र मिश्र, रिद्धि कार्की, दिपक अग्रवाल, नवराज भुसाल, प्रदिप मान, प्रकाश सिग्देल, राजन पौडेल, सगुन कंसाकार, सञ्जय खेतान, सुवासिस थपलिया, यमुना श्रेष्ठ, कपिल सिवाकोटी र बि.एन. पाठक छन् ।

उनीहरु अहिले सदस्यमा निर्वाचन लड्ने र निर्वाचन जितेपछि सहमतिमा पदाधिकारी टुंगो लगाउने थापा समूहको योजना छ ।

लभिमन्यु गोल्छा र निशान ढकाललाई दुबै समूहले आफ्नो समूहमा रहेको बताउँदै आएका छन् ।

Recent Comments

No comments to show.