बार परिसरमै वकिलहरूलाई धम्की दिने दुई जना पक्राउ, अनुसन्धान हुँदै

बार परिसरमै वकिलहरूलाई धम्की दिने दुई जना पक्राउ, अनुसन्धान हुँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा आन्दोलनरत नेपाल बार एसोसिएसन आबद्ध कानुन व्यवसायीलाई धम्काउने दुई जना पक्राउ परेका छन् ।

बिहीबार बार एसोसिएसनमा गएर आन्दोलनरत कानुन व्यवसायीलाई धम्काएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बौद्धका तीर्थ ढकाल र मुलपानीका सीताराम श्रेष्ठ रहेका छन् । अन्य दुई फरार छन् ।

बौद्धबाट राति पक्राउ परेका दुबैलाई टेकुस्थित थुनामा राखेर अनुसन्धान जारी राखिएको काठमाडौं प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए । आन्दोलनरत कानुन व्यवसायीलाई योजनाबद्ध रुपमा धम्की दिइएको हो वा अन्य कारण भनेर प्रहरीले अनुसन्धान गरिरहेका छ ।

Recent Comments

No comments to show.