काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा रहेका वकिलहरूमाथि बल प्रयोग गरिएको छ ।
बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सचिव ऋषिराम घिमिरे सहित चार जना सामान्य घाइते भएको महासचिव लीलामणि पौडेलले जानकारी दिए।
उनका अनुसार कार्यसमिति सदस्य प्रकाश महर्जनको खुट्टामा चोट लागेका कारण अस्पताल लगिएको छ। घाइतेहरु सबैलाई माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पताल लगिएको छ।
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै मूल ढोकामा धर्ना दिइरहेका अधिवक्ताहरु माथि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरीसँगको घम्साघम्सीमा बारका पदाधिकारीसहित केही अधिवक्ता घाइते भएको बार एशोसिएशनलेले जनाएको छ।
बारले मूल ढोकामा प्रदर्शन गरिरहँदा प्रधान न्यायाधीश जबरा वैकल्पिक ढोकाबाट सर्वोच्च प्रवेश गर्दै आएका छन्। आन्दोलनरत् अधिवक्ताहरु वैकल्पिक ढोकामा पुग्न खोज्दा आज झडप भएको हो।
प्रतिक्रिया