लाहोर बन्यो विश्वकै धेरै प्रदुषित शहर, काठमाडौं १२ औं नम्बरमा

लाहोर बन्यो विश्वकै धेरै प्रदुषित शहर, काठमाडौं १२ औं नम्बरमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । अमेरिकको वायु गु्ण्स्तर मापन संयन्त्र यूएस एयर क्वालिटी इन्डेक्सले जारी गरेको सुचाकांक अनुसार पाकिस्तनको लाहोर विश्वकै प्रदुषित शहरमा परेको देखाएको छ । 

काठमाडौं विश्वमै १२ औं प्रदूषित सहरमा परेको छ । काठमाडौंको अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर (पीएम) को रेटिङ १६१ रहेको छ ।

रिपार्ट अनुसार काठमाडौंमा वायु प्रदुषणका साथै फोहोर र त्यसको उचित व्यवस्थापन नहुनाले हुने प्रदूषण उच्च विन्दुमा रहेको देखाएको छ ।

भारतको राजधानी नयाँदिल्ली ३६६ एक्यूआई (एयर क्वालिटी इन्डेक्स) सहित दोस्रो प्रदूषित सहरमा परेको छ ।

बुधबार लाहोरको वायु गुणस्तर सूचांक (एक्यूआई) ३४८ थियो । ३०० भन्दा माथिको एक्यूआईलाई खतरनाक मानिन्छ ।

पछिल्लो समयमा पाकिस्तानमा वायु प्रदूषण बढ्दो छ । सवारी साधनमा कम गुणस्तरको डिजेलको प्रयोग, मौसमी उब्जनीपछि किसानहरुले खेतबारीमा लगाएको आगो तथा परालको धुँवा र हिउँदसँगै सुरु भएको चिसोले वातावरण झनै प्रदूषित बनेको छ ।

एक करोड १० लाख जनसंख्या रहेको लाहोर वायु प्रदूषणका हिसाबले बारम्बर विश्वमै ‘प्रदूषित सहर’ को उपमा पाउँदै आएको छ ।

वायु स्वच्छ राख्न भन्दै पछिल्ला बर्ष स्थानीयवासीले आफै एयर प्युरिफायर मेसिन (हावा चिसो बनाउने मेसिन) बनाएका छन् ।

Recent Comments

No comments to show.