पहिलो टी–२० क्रिकेटमा भारतले न्युजिल्यान्डलाई हरायो

पहिलो टी–२० क्रिकेटमा भारतले न्युजिल्यान्डलाई हरायो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सूर्यकुमार यादवको अर्धशतकमा भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । योसँगै घरेलु टोली भारतले तीन टी-२०  शृंखलामा १-० को अग्रता लिएको छ ।

जितका लागि १६५ रनको  लक्ष्य पछ्याएको भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पूरा गर्‍याे । भारतको जितमा सूर्यले ४० बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ६२ रन बनाए । कप्तान रोहित शर्माले ४८ रन बनाउँदा ऋषभ पन्तले १७ रनको योगदान दिए ।

न्युजिल्याण्डका बलर ट्रेन्ट बोल्टले २ विकेट लिए । टिम साउथी, मिचेल सान्टनर र डर्याल मिचेलले १/१  विकेट लिए । यसअघि जयपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । 

न्युजिल्यान्डका ओपनर ब्याटर मार्टिन गुप्टिलले सर्वाधिक ७० रन बनाए । मार्क च्यापम्यानले  ६३ रनको योगदान दिए । भारतका बर रविचन्द्रन आश्विन, भुवनेश्वर कुमारले २/२ विकेट लिए । दोस्रो खेल शुक्रबार  हुनेछ ।

Recent Comments

No comments to show.