प्रधानन्यायाधीश हटाउन अदालत होइन दलको कार्यालयमा प्रदर्शन गर्नुस्ः कमल थापा

प्रधानन्यायाधीश हटाउन अदालत होइन दलको कार्यालयमा प्रदर्शन गर्नुस्ः कमल थापा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हटाउन आन्दोलनरत कानुन व्यवसायीलाई वैधानिक बाटो अपनाउन सुझाव दिएका छन्।

थापाले वैधानिक बाटो महाभियोग भएको र त्यसबाट हटाउन दलहरु कहाँ जान सुझाव दिएका हुन्। उनले अदालतमा होइन पार्टी कार्यालयमा प्रदर्शन गरेर दबाब बढाउन आग्रह गरेका छन्।

‘प्रधानन्यायधीशविरुद्ध आन्दोलन गरिरहेका अधिवक्ताहरुलाई थाहा छ प्रधानन्यायाधीश हटाउने एकमात्र वैधानिक बाटो महाभियोग हो। महाभियोग लगाउने दलले हो,’ उनले भनेका छन्, ‘अधिकांश वकिलहरु दलसँग आबद्ध छन्। बारको चुनाव दलगत आधारमा हुन्छ। त्यसैले प्रधानन्यायाधीश हटाउने हो भने अदालत अगाडि होइन पार्टी कार्यालयमा प्रदर्शन गर्न सक्नुपर्छ।’

Recent Comments

No comments to show.