थप ३७७ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन

थप ३७७ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा १७० जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५०५ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ६४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४८२ पुगेको छ। कूल निको हुनेको संख्या ७ लाख ९८ हजार ७१४ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १७ हजार ६७२ र एन्टीजेनबाट ९५ हजार १७४ पुगेको छ। 

नेपालमा हाल ७ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन्।

Recent Comments

No comments to show.