काठमाडौं । साताकाे तेस्राे दिन मंगलबार सुनको मूल्य बढेको छ। छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सोमबार ९४ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज बढेर प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेकाे छ।
यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेकाे छ।
प्रतिक्रिया