प्रदेश–१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिने

प्रदेश–१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रदेश–१ मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाबाट आज विश्वासको मत लिने भएका छन् । 

आइतबार मुख्यमन्त्री राईले प्रदेशसभा नियमावलीअनुसार सदनबाट विश्वासको मत लिन चाहेको सूचना संसद् सचिवालयमा दर्ता गराएका थिए ।

राई १६ कात्तिकमा मुख्यमन्न्त्री बनेका हुन् । एमालेबाट मुख्यमन्त्री बनेका भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा (एकीकृत समाजवादी) का नेता राई मुख्यमन्त्री बनेका हुन् । 

विश्वासको मत लिएपछि उनले प्रदेशमा मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । 

पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । प्रदेशसभामा ९२ सदस्य छन् । जसमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन् । 

मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन् । सोमबार पाँच दलले आफ्ना सबै सांसदको भेला गरेर प्रदेशसभा बैठकमा हुने विश्वासको मत दिने कार्यक्रममा अनिवार्य उपस्थित हुन निर्देशन दिइसकेका छन् ।

 

Recent Comments

No comments to show.