काठमाडौं । मंगलबार प्रदेश १, वाग्मती र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो पटक काठमाडौं उपत्यकासहित मुलुकभर जाडो बढ्न थालेको छ। अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न महाशाखाले आह्वान गरेको छ।
सोमबार
दिउँसो: देशका प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति: देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
मंगलबार
दिउँसो: प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
राति: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।
प्रतिक्रिया