पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा नेकपा विप्लव समूहको प्रदर्शन

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा नेकपा विप्लव समूहको प्रदर्शन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा नेकपा विप्लव र माओवादी मजदुर पार्टीले संयुक्तरूपमा मसाल जुलुस प्रदर्शन गरेको छ। शुक्रबार साँझ रियाद पेट्रोल पम्प परिसरबाट नेकपा विप्लव र माओवादी मजदुर पार्टीका कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गरेका हुन्। 

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै उनीहरू मूल्यवृद्धि फिर्ताको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका हुन्।

मूल्यवृद्धिको विरोधमा कटारी, नेपालटार, गाईघाट, बेल्टारमा मसाल जुलुस प्रदर्शन गरिएको नेपाल कम्युनिस्ट पार्टी विप्लवका उदयपुर सेक्रेटरी लक्ष्मण पौडेलले जानकारी दिए। 

सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको छ। खाना पकाउने ग्यासको पनि मूल्य वृद्धि भएको छ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको हो। खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्‍याइएको छ।

बढेको मूल्यसँगै पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ।

Recent Comments

No comments to show.