सिटिजन्स बैंकको ३५ हजारभन्दा बढी कित्ता शेयर लिलामीमा

सिटिजन्स बैंकको ३५ हजारभन्दा बढी कित्ता शेयर लिलामीमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको ३५ हजार ६३५ दशमलव ९९ कित्ता संस्थापक शेयर कात्तिक २६ गते शुक्रवारदेखि लिलामीमा आएको छ ।

बैंकले शेयरधनी क्षितिज भुषालको नाममा रहेको उक्त शेयर विक्रीका लागि विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकतामा राखेर शुक्रवार ३५ दिने सुचना जारी गरेको हो ।

विद्यमान संस्थापक शेयरधनीहरुले यो शेयर खरिद गर्र्न चाहेमा तोकिएको मितिभित्र बैंकको केन्द्र्रिय कार्यालय नारायणहिटी पथमा निवेदन दिन सक्नेछन् ।

यो शेयरको मूल्य प्रतिकित्ता २०४ रुपैयाँ तोकिएको छ । विद्यमान शेयरधनीहरुबाट तोकिएको अवधिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्रीको प्रकृया अघि बढाईने जानकारी बैंकले दिएको छ ।

Recent Comments

No comments to show.