रेडियो नेपालमा स्थायी जागिर खुल्यो

रेडियो नेपालमा स्थायी जागिर खुल्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रेडियो नेपालमा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको छ। रेडियो प्रसार सेवा विकास समितिले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो। 

रेडियोले लोकसेवा आयोगको सहमतिमा शुक्रबार विज्ञापन आह्वान गरिएको छ। जसअनुसार रेडियो नेपालले तीन जना इन्जिनियर, दुई प्रशासकीय अधिकृत, दुई लेखा अधिकृत माग गरेको छ। 

त्यस्तै, १-१ जना व्यापार अधिकृत, कार्यक्रम अधिकृत, गायन/वाद्य संयोजक, सम्पादक (नेपाली),  संवाददाता, प्रधान सहायक, लेखापाल र वरिष्ठ व्यापार सहायकका लागि पनि विज्ञापन आह्वान भएको छ।

रेडियो नेपालले ७ जना वरिष्ठ प्राविधिक सहायक र २ वरिष्ठ कार्यक्रम सहायकका लागि विज्ञापन आह्वान गरेको छ। १/१ वाद्यवादक, समाचार वाचक (नेपाली), कार्यालय सहायक, सहायक लेखापाल र कार्यक्रम सहायकका लागि विज्ञापन आह्वान गरिएको छ। रेडियो नेपालले १० जना प्राविधिक सहायक पनि माग गरेको छ। योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिनसक्ने छन् ।

Recent Comments

No comments to show.