टी २० विश्वकप: पाकिस्तानलाई हराएर फाइनलमा पुग्यो अष्ट्रेलिया

टी २० विश्वकप: पाकिस्तानलाई हराएर फाइनलमा पुग्यो अष्ट्रेलिया

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अष्टेलिया आईसीसी टी-२० विश्वकपको फाइनलमा प्रवेश छ।

बिहीबार राति दुबईमा भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई ५ विकेट हराउँदै अष्टेलिया फाइनलमा पुगेको हो।

पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य अष्टेलियाले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। उसका लागि म्याथ्यु वेड, मार्कस स्टोइनिस र डेभिड वार्नरले शादार ब्याटिङ गरे।

पाकिस्तानका लागि शादाब खान चार ओभरमा २६ रन खर्चिएर चार विकेट लिए। त्यस्तै, शाहीन शाह अफ्रिदीले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो।

पाकिस्तानका लागि मोहम्मद रिजवान र फखर जमानलेले अर्धशतकीय पारी खेले। रिजवानले ५२ बलमा ६७ रन र फखरले ३२ बलमा ५५ रन बनाए। त्यस्तै, कप्तान बाबर आजमले ३९ रनको योगदान दिएका थिए।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले २ तथा एडम जम्पा र प्याट कमिन्सले १–१ विकेट लिए। पाकिस्तान समूह २ को विजेता र अष्टेलिया ग्रुप १ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।

जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको पाकिस्तान सेमिफाइनलमा हार बेहोर्दै बाहिरिएको छ। अब अष्टेलियाले उपाधिका लागि न्यूजिल्याण्डसँग खेल्नेछ।

Recent Comments

No comments to show.