बुधबार र शनिबार दुई घण्टाको लागि आरटीजीएस प्रणाली खुला रहने

बुधबार र शनिबार दुई घण्टाको लागि आरटीजीएस प्रणाली खुला रहने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार र शनिबार दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।

राष्ट्र बैंकले मंगलवार सूचना जारी गर्दै विकास ऋणपत्र २०७८ ‘ङ’ र शनिबार विकास ऋणपत्र २०८५ ‘ख’ को ब्याज भुक्तानी सहजहोस् भनेर विहान १० देखि १२ बजेसम्म आरजीजीएस सेवा खुला रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आरटीजीएस भनेको कोष स्थानान्तरण गर्ने प्रणाली हो । जसबाट एक बैंकबाट अर्को बैंकमा रकम तथा ऋणपत्रहरु स्थानान्तरण गरिन्छ । यसलाई रियल टाइम ग्रस सेटलमेन्ट अर्थात वास्तविक समयमा कुल पछर्यौंट प्रणाली भनिन्छ।

आरटीजीएस प्रणालीमार्फत चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ ।

यो प्रणाली अनुसार कारोबार भएको वास्तविक समय (रियल टाइम) मै बैंकहरुबाट तुरुन्तै भुक्तानी पाइनेछ भने चेकको क्लियरिङ गरिरहनु पर्दैन ।

Recent Comments

No comments to show.