प्रदेश १ र लुम्बिनी हवाइ उडानमा जोडिए, सौर्यले थाल्यो भैरहवा– विराटनगर नियमित उडान

प्रदेश १ र लुम्बिनी हवाइ उडानमा जोडिए, सौर्यले थाल्यो भैरहवा– विराटनगर नियमित उडान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा ।  प्रदेश १  र लुम्बिनी हवाइ उडानमा जोडिएका छन् । सौर्य एयरलाइन्सले नयाँ गनतव्यको रुपमा भैरहवा–विराटनगर सीधा हवाई उडान सुरु गरेसँगै दुबै प्रदेश जोडिएका हुन् ।

सौर्यले सोमबारबाट लुम्बिनी प्रदेश र प्रदेश १ लाई जोड्न गरी दैनिक उडान सुरु गरेको हो । बुद्ध जन्मस्थल लुम्बिनी भैरहवा सहर र नेपालकै दोस्रो ठूलो सहर विराटनगरलाई जोड्न र द्वयसहरको पर्यटन विकासमा सहजीकरण गर्न दैनिक एउटा उडान राखिएको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बताए । ‘अहिले सुरुवात गरेका छौँ, यात्रुको माग बढेमा दैनिक २–३ वटा उडान सञ्चालन गर्न सकिने छ,’ अध्यक्ष पोखरेलले भने ।

८ वर्ष देखि सेवा दिदै आएको एयरलान्सले ५० सीट क्षमताको जेट विमानबाट दुवै औद्योगिक तथा पर्यटकीय क्षेत्रलाई जोड्न उडान सुरु भएको सौर्य एयरलाइन्स भैरहवाका स्टेशन म्यानेजर जितेन्द्र यादवले बताए ।

यसअघि कुनै पनि एयरलाइन्सले विराटनगरका लागि भैरहवाबाट नियमित सीधा उडान भरेका थिएनन् ।  सौर्यले एयरलाइन्सले भैरहवाबाट दिउँसो ३ बजेर ४५ मिनेटमा विराटनगर उडान भर्नेछ र विराटनगरबाट साँझ ५ बजेर १० मिनेटमा भैरहवा फर्केनेछ ।

Recent Comments

No comments to show.