प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलन घोषणा गर्दै बार

प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलन घोषणा गर्दै बार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ। बारले आइतबारबाट थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको हो।

बारले प्रधानन्यायाधीश जबरालाई पदबाट राजीनामा दिन ‘अल्टिमेटम’ दिएको थियो। तर, जबराले पदबाट राजीनामा नदिएको भन्दै बारले आन्दोलनलाई थप शसक्त बनाउने जनाएको छ।

बारले प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिए तिहारपछि थप आन्दोलन गर्ने घोषणा यसअघि नै घोषणा गरेको थियो।

आज  देशभरका ९० वार इकाइसँग भर्चुअल छलफल गरेर राणाको राजीनामाका लागि देशभर आन्दोलनको घोषणा गरिने नेपाल बारले जनाएको छ। 

यसअघि बारका न्यायाधीशहरूले विभिन्न चरणमा सर्वोच्च अदालतमा कालो पट्टी बाँधेर प्रधानन्यायाधीश जबराविरुद्ध प्रदर्शन गरेका थिए।

Recent Comments

No comments to show.