कांग्रेस जिल्ला सभापति जुवाखालबाट पक्राउ

कांग्रेस जिल्ला सभापति जुवाखालबाट पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् । जुवा खेलिरहेको विशेष सूचनाका आधारमा बौद्ध नयाँवस्तीस्थित एक घरमा पुगेको प्रहरी टोलीले बर्मासहित १८ जुवाडेहरूलाई पक्राउ गरेको हो ।

महानरीय प्रहरी वृत्त, बौद्धका एक अधिकारीले बताएअनुसार उनीहरूलाई बिहीबार मध्यराति पक्राउ गरिएको हो । जुवाखालमा सभापति लामासहित १८ जना थिए । उनीहरूको साथबाट नगद रु. ६ लाख र केही थान ताससमेत बरामद गरिएको छ ।

जुवा सागर लामाले खेलाएको ती प्रहरी अधिकारीले बताएका छन् । उनी भने अहिले फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । लामा हालै सम्पन्न  जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।

Recent Comments

No comments to show.