रियल बेटिसमाथि एटलेटिको म्याड्रिडको ३-० को जित

रियल बेटिसमाथि एटलेटिको म्याड्रिडको ३-० को जित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । बेल्जियन मिडफिल्डर यान्निक कारास्कोले एक गोलसँगै अर्को गोलको लागि असिस्ट दिएपछि स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले सानदार जित निकालेको छ ।

एट्लेटिकोले रियल बेटिसलाई ३–० ले पराजित गरेको हो । एट्लेटिकोको जितमा यान्निक कारास्को र जोआओ फेलिक्सले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

वान्डा मेट्रोपोलिटानोमा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको २६औं मिनेटमा यान्निक कारास्कोको गोलबाट अग्रता लिएको थियो । ६३औं मिनेटमा जर्मन पिज्जेलाले आत्मघाती गोल गरेपछि घरेलु टोलीले खेलमा २–० ले अघि बढ्यो । ८०औं मिनेटमा जोआओ फेलिक्सले यान्निक कारास्कोको पासमा गोल गर्दै एट्लेटिकोको जित पक्का गरे ।

जितपछि एट्लेटिको ११ खेलबाट २२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । एट्लेटिकोले रियल बेटिसलाई नै पछि पारेको हो । पराजित रियल बेटिस १२ खेलबाट २१ अंक जोडेर पाँचौ स्थानमा झरेको छ ।

Recent Comments

No comments to show.