विश्वमा आज : इन्दिरा गान्धीको हत्या, इजिप्ट एयरको विमान दुर्घटनामा २१७ को मृत्यु

विश्वमा आज : इन्दिरा गान्धीको हत्या, इजिप्ट एयरको विमान दुर्घटनामा २१७ को मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज ३१ अक्टोबर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण विश्व घटनाः 

७ अर्ब जनसंख्याको विश्व

सन् २०११ को १ नोभेम्बरमा विश्वको कूल जनसंख्या सात अर्ब पुगेको थियो । राष्ट्रसंघको जनसंख्या कोषले सन् २०११ को १ नोभेम्बरलाई सात अर्बको जनसंख्या भएको दिनको रुपमा स्मरण गर्छ । 

इजिप्टको विमान दुर्घटना

सन् १९९९ मा आजकै दिन इज्पिट एयरको फ्लाईट ९९० दुर्घटनामा परेको थियो । अमेरिकाको पूर्वी तटमा भएको सो दुर्घटनामा विमानमा सवार सबै २१७ जनाको मृत्यु भएको थियो । 

इन्दिरा गान्धीको हत्या

सन् १९८४ मा भारतकी प्रथम महिला प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएको थियो । गान्धीको हत्या आफ्नै अंगरक्षकले गरेका थिए । उनको हत्यापछि राजधानी नयाँ दिल्लीलगायत भारतका विभिन्न स्थानमा भड्किएको हिंसामा हजारौं शिख मारिएका थिए  ।

एकीकृतअगाडिको दक्षिण यमन 

सन् १९७८ मा जनगणतन्त्र यमनले आफ्नो संविधान लागू गरेको थियो ।  सन् १९९० मा दक्षिण यमन उत्तर यमनसँग एकीकृत भई अहिलेको यमन बनेको हो ।

Recent Comments

No comments to show.