ट्राफिक प्रहरीद्वारा हराएका २३ मोटरसाईकल सम्बन्धित धनिलाई हस्तान्तरण

ट्राफिक प्रहरीद्वारा हराएका २३ मोटरसाईकल सम्बन्धित धनिलाई हस्तान्तरण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्राफिक प्रहरीले हराएका २३ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानबाट हराएका मध्ये २३ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो । हस्तान्तरण गरिएका २३ मध्ये १५ वटा मोटरसाईकल र ८ वटा स्कुटर रहेका छन ।

ट्राफिक प्रहरी महाशाखाबाट खटिएको सादा पोशाकको टोलीले खोजतलास गरि नियन्त्रणमा लिएका मोटरसाइकलहरु महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी तत्कालै विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेको जानकारी दिए ।

उनले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको छ तर अव भने हराउनै नदिनको लागी धनी समेत बिशेष चनाखो र सजक हुनुपर्ने दिन आएको बताए ।

बिशेष गरि स्कुटरको सवारी दर्ता किताव (विलबुक) डिकीमै राख्ने चलन रहेको हुन्छ, चोरी पश्चात नम्बर प्लेट समेत परिवर्तन नगरी ट्राफिक चेकिङ्गमा सोहि ब्लुबुक देखाउने गरेको समेत पाईएको छ, कतिपय अबस्थामा चाँबी सहित स्कुटरहरु हराउने गरेको धनीले जानकारी दिने गरेको एसएसपी भट्टराईले स्मरण गरे ।

पछिल्लो समय उपत्यकाबाट दुईपाङ्ग्रे सवारी साधन मध्य डियो स्कुटर र पल्सर मोटरसाईकल बढि चोरी हुने गरेको महाशाखाको तथ्याङ्कले देखाएको छ । धनीले दिएको निबेदन हुलियाको आधारमा बिभिन्न पार्किङ्ग स्थलहरुबाट समेत नियन्त्रणमा लिएका महाशाखाले जनाएको छ ।

Recent Comments

No comments to show.