फेसबुक कम्पनीको नयाँ नाम ‘मेटा’

फेसबुक कम्पनीको नयाँ नाम ‘मेटा’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरवर्गले कम्पनीले नाम परिवर्तन गरेर ‘मेटा’ राखिएको जानाकारी दिए ।

मेटार्भसमा जोड दिने उदेश्यले कम्पनीको नाम पनि परिवर्तन गरेको उनले बताए । ‘आजदेखि हामी मेटार्भस हुँदैछौं, फेसबुक होइन्,’ बिहीबार कम्पनीको बार्षिक सम्मेलनलाई सम्बोधन गर्दै जुकरवर्गले भने ।

‘हाम्रो ब्रान्ड यति दृढ रुपमा एउटा उत्पादनसँग सम्बन्धित छ की यसले हामीले आज गरेका सबैकुरा प्रतिनिधित्व गर्न सम्भव हुँदैन । यो सबै भविष्यलाई छोड्दिउँ,’ उनले भने । 

फेसबुकको लक्ष्य डिजिटल अवतारमार्फत मानिसहरुले छलफल गर्ने भर्चुवल क्षेत्रलाई विस्तार गर्ने भए पनि कम्पनीले तत्कालै आफ्नो कार्पेरेट संरचनामा भने कुनै परिवर्तन नगर्ने भएको छ । 

कम्पनीले आफ्नो टिकर संकेत एमभीआरएसमा व्यापार गर्ने भएको छ । 

Recent Comments

No comments to show.