भक्तपुर । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको उमेर हद शिक्षक सरह नै ६० वर्षको हुने शिक्षा तथा मानव श्रोत विकास केन्द्रले पुन: स्मरण गराएको छ ।
विद्यालय कर्मचारीको उमेरका बारेमा ९ वर्षअघि भएको निर्णय स्मरण गराउँदै केन्द्रले सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आइतबार परिपत्र गरेको हो ।
विद्यालयमा कार्यरत कर्मचारीको उमेरका बारेमा गत २०६९ मंसिर १० गतेको मन्त्रीस्तरीय निर्णयले शिक्षक सरह ६० वर्ष नै कायम गरेको थियो ।
प्रतिक्रिया