काठमाडौँ । नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पदको पूर्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको छ । सरकारले खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिद्वारा पदपूर्ति गर्न लागेको हो ।
सरकारले तोकेको योग्यता भएका इच्छुक नेपाली नागरिकहरुले १५ दिनभित्र अर्थात कात्तिक २५ गतेभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा गोप्य शिलबन्दी आवेदन दिनु पर्नेछ ।
धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक वित्तीय वाणिज्य व्यवस्थापन वा कानून क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको उच्च नैतिक चरित्र भएको नेपाली नागरिकले सो पदका लागि आवेदन दिन सक्नेछन् ।
यसका साथै धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११ बमोजिम अयोग्य नरहेको र तीन वर्ष पुरा भइ साठी वर्ष उमेर ननाघेको हुनुपर्ने बिहीबार प्रकाशित सूचनामा उल्लेख छ ।
प्रतिक्रिया