सुजाता कोइराला भन्छिन्, ‘आम निर्वाचनमा गठबन्धन हुँदैन’

सुजाता कोइराला भन्छिन्, ‘आम निर्वाचनमा गठबन्धन हुँदैन’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । काँग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठबन्धन नहुने बताएकी छन् । 

बिहीबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भनिन्, “गठबन्धनका विषयमा कुरा उठेको छैन । कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ ।” काँग्रेस ऐतिहासिक पार्टी भएकाले यस विषयमा छलफल गरेर मात्र निर्णय लिनुपर्ने उनको भनाइ छ । 

फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताइन् । उनले भनिन्, “सभापतिले अब अधिवेशन समयमा नै हुन्छ भन्नुभएको छ । विश्वास गर्नुपर्यो । समयमा नै अधिवेशन हुनुपर्छ ।” महाधिवेशनमा आफ्नो उम्मेदवारी के हो भन्ने विषयमा उनले आफू छलफलमै रहेको बताइन् । राजनीतिमा परिवारभन्दा पनि विचार कोसँग मिल्छ भन्ने कुरा ठूलो रहेको बताउँदै उनले आफ्नो उम्मेदवारी समय आएपछि मात्र जानकारी दिने बताइन् ।

Recent Comments

No comments to show.