कसैको “दबाव र प्रभावमा” पद त्याग नगर्ने चोलेन्द्र शम्शेर जबराको अडान

कसैको “दबाव र प्रभावमा” पद त्याग नगर्ने चोलेन्द्र शम्शेर जबराको अडान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शारदा घिमिरे

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि यतिबेला राजीनामा दिन चौतर्फी दबाव परेको देखिएको छ।

नेपाल बार एशोसिएशन, सर्वोच्च अदालतकै न्यायाधीश अनि अवकाशप्राप्त कतिपय प्रधानन्यायाधीश र न्यायाधीशहरूले जबराको राजीनामाको अपेक्षा दर्शाएका छन्।

यसरी चरम विवादमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिहिवार एक्ट प्रो नेपाल डट कमका शारदा घिमिरे लगायत कानुन  ब्यवसाहिहरु भूषण घिमिरे, शिव अर्याल, अप्सरा ढकाल,उज्वल श्रेष्ठ,हरि कट्टेल,राजाराम घिमिरे,रेशम शाही  र राधिका खतिवडा सँग कुरा गर्न तयार भए।

सडकमा माग्दैमा राजीनामा दिए न्यायपालिकाको शिर उठ्छ कि झुक्छ ? यस्तो दबाबले भोलि अदालतभित्रको सामञ्जस्य टिक्छ कसरी ? यस्तै अदालतको  निकै संवेदनशील कुरा मा छलफल भयो उक्त छलफलमा अहिले न्यायाधीशले नै इजलास बहिष्कार गर्नेसम्मका  न्याय क्षेत्रको सर्वोच्चको यस्तो विचलन, अन्तरद्वन्द्व र टकरावले गम्भीर संकट खडा गरेको छ भने कुराको अवगत भूषण घिमिरेले गराउदै न्यायलयलाइ खेलकुद परिषद,प्रहरी प्रशासन जस्तै बनाउन नेपाल बार,बेन्च बहिष्कार गर्ने सर्वोच्च अदालतका पन्ध्र जना न्यायाधीशहरु लागि परेका छ्न जसरी भएनी यस्ता हर्कतलाई रोक्नुस यदि तपाईं सहि ठाउमा हुनुहुन्छ भने,न्यायलयलाइ सुधार नै गर्ने हो भने अप्रेसन सुरु गर्नुस हामी तपाइको साथमा छौ यदि गलत ठाउमा हुनुहुन्छ भने राजिनामा गर्नुस  समेत भूषण घिमिरेले प्रधानन्यायाधीश चलेन्द्र श्रीमानलाइ भने ।


अदालतको धरातल निकै संवेदनशील मानिन्छ । आम जनताको आस्था, भरोसा र विश्वासमा अडिएको हुन्छन् । त्यसैले न्यायपालिकामाथि अविश्वासको स्थिति पैदा भयो भने त्यसले लोकतन्त्र र संविधान दुवैलाई सिध्याउँछ । कानुनी शासन तथा लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाको अपेक्षा गरिन्छ ।

आन्तरिक र बाह्य स्वार्थको टकरावका कारण अदालतल जसरी रणमैदानजस्तो बनेको छ जुन अशोभनीय मात्रै हैन दुर्भाग्यपूर्ण पनि छ । विवाद निरुपण गर्नुपर्ने सर्वोच्च थलो आज आफैँ विवादको चंगुलमा फसेको छ । न्यायको तराजु बोकेको अदालत अनैतिक खेलमा सामेल हुनुले यसप्रतिको आस्था र इज्जतमाथि धब्बा लगाउने बाहेक अर्को काम गर्दैन ।

व्यक्तिसँगको असन्तुष्टिलाई लिएर सिंगो संस्थाको काममा गतिरोध गर्नु अत्यन्त अनुचित हो । सर्वोच्चलाई विवादको केन्द्र बनाउने काम कसैबाट पनि गरिनुहुन्न । आफ्नो पदीय जिम्मेवारी बिर्सेर आन्दोलन र अभियान सञ्चालन गर्नु न्यायमूर्तिको नैतिकताले शोभा दिँदैन ।संवैधानिक प्रक्रियालाई छाडेर सडक र गैरसंवैधानिक बाटोबाट पदमुक्त गर्दा तत्कालीन संकट त टर्छ । तर त्यसबाट भविष्यका खराब प्रवृत्ति सर्दै जादा न्यायालयमा स्वार्थहरूबीचको टकराव र आपसी खिचातानीको परम्परा थप प्रबल बन्ने देखिन्छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबले छ्लफलमा भने संविधानको प्रक्रियाबाट म आएको छु र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो । ”  

कसैको  दबाव र प्रभावमाू पद त्याग नगर्ने अडान लिँदै उनले न्यायपालिकालाई लथालिङ्ग पारेरू आफू नजाने बताए सधैं संविधानको पालना  गर्नी प्रतिपादन गर्नुका साथै आफूविरुद्ध षड्यन्त्रमूलक रूपमा भ्रामक समाचार छापिएको समेत दावि गरे ।

Recent Comments

No comments to show.