काठमाडौँ । सरकारले संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदको चालू अधिवेशन आजै मध्यरातिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
भदौ २३ गते सुरु भएको अधिवेशन नेकपा एमालेको निरन्तरअवरोधका कारण चल्न सकेको थिएन । एमालेको अवरोधका बीच सरकारले नयाँ बजेट ल्याएपनि अरु विधेयक अघि बढाएन ।
आजै (बिहीबार) मात्र सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक कात्तिक २९ गतेसम्मको लागि स्थगित गरेका थिए ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रतिक्रिया