काठमाडौं । पछिल्लो २४ घण्टामा ६६४ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ५९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ३८२ पुगेको छ।
कूल निको हुनेको संख्या ७ लाख ८९ हजार ७८९ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख ११ हजार ४०७ र एन्टीजेनबाट ९४ हजार ३६९ पुगेको छ।
नेपालमा हाल १० हजार २३६ जना सक्रिय संक्रमित रहेका छन्।
प्रतिक्रिया