मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले दिइन् राजीनामा

मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले दिइन् राजीनामा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वाग्मती प्रदेश प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । उनले बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेकी हुन् । 

आजको बैठकमा उनले विश्वासको मत लिने तयारी थियो । तर, स्वतः अल्पमतमा परेकी शाक्यले पदबाट राजीनामा दिएकी हुन् । शाक्य भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् । 

यससँगै नेकपा एमालेले वाग्मती प्रदेश सरकार गुमाएको छ । यसअघि केन्द्र, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश गुमाएको एमालेलाई अब अर्को धक्का लागेको छ । छिट्टै प्रदेश एक पनि गुम्ने सम्भावना देखिएको छ । 

वाग्मतीमा अब गठबन्धनको सरकारका बन्नेछ । नेकपा ९एकीकृत समाजवादी०का नेता राजेन्द्रपाण्डे मुख्यमन्त्री बन्नेछन् ।

Recent Comments

No comments to show.