जजरकोट । शे-फोक्सुन्डो ताल भ्रमण गर्न जाने क्रममा सुलीगार्ड खोलामा खसेर एक युवती बेपत्ता भएकी छिन् ।
डोल्पाको दुनैबाट पैदलै फोक्सुन्डो जाने क्रममा शे-फोक्सुन्डो गाउँपालिका-९ अन्तर्गत पर्ने छेप्का भन्ने स्थानबाट बुधबार विहान करिब १० बजे सुलीगार्ड खोलामा खसेर ठुलीभेरी नगरपालिका-३ दुनै बस्ने २६ वर्षीया युवती सलिना बुढा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
उनी ठेस लागेर खोलामा खसेको र प्रहरी, सेना र आफन्त मिलेर खोजी गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया