काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर जम्मा १२ हजार २० नमुना परीक्षण गर्दा ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ७७१ पीसीआर गर्दा ५६९ जनामा र २२ सय ४९ एन्टीजेन परीक्षण गर्दा ९७ जनामा कोभिड-१९ पुष्टि भएको हो ।
यस अवधिमा ६२२ जना भाइरस संक्रमणमुक्त भएका छन् भने ११ जनाको संक्रमणको कारणले निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ रहेको छ । सक्रिय संक्रमितमध्ये ९ हजार ५१२ जना होम आइसोलेसनमा र ७८४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थातग आइसोलेसनमा रहेकामध्ये २५२ जना आइसियूमा र ८० जना भेन्टिलेटरमा उपचारत छन् ।
प्रतिक्रिया