ग्रान्डी अस्पताल ‘म्यानेजमेन्ट’ बाट बाहिरिए परिकल्पनाकार डा. चक्रराज पाण्डे

ग्रान्डी अस्पताल ‘म्यानेजमेन्ट’ बाट बाहिरिए परिकल्पनाकार डा. चक्रराज पाण्डे

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेलाई हटाइएको छ ।

नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले विस २०६९ मा स्थापना भएको ग्राण्डीमा स्थापनाकालदेखि नै मेडिकल डाइरेक्टरको जिम्मा पाएका डा पाण्डेले ग्राण्डी अनियमितता गरेर निजी क्लिनीक खोली विरामीलाई निजी क्लिनिकमा लगेर कमाउ धन्दामा लागेपछि उनलाई हटाइएको हो । 

ग्राण्डी अस्पतालका सञ्चालक समितिका सदस्य समेत रहेका पाण्डे दैनिक २ घण्टा ग्राण्डीमा र बाँकी समय लाजिम्पाटमा रहेको अनामिवा हेल्थ एण्ड वेलनेश सेन्टरमा विताउने गरेपछि उनलाई आइतबार बसेको नवौँ वार्षिक साधारण सभाले हटाएको हो । उनले ठमेलमा बोलाइएको साधारणसभा समेत फेस गर्न सकेनन् । 

डा पाण्डेले सञ्चो नभएर ग्राण्डीमा गएका विरामीलाई आफ्नो भिजिटिङ कार्ड दिएर निजी  क्लिनिकमा बोलाउने गरेका थिए । एकातिर अस्पतालको मेडिकल डाइरेक्टर जस्तो मुख्य जिम्मेवारी र अर्कोतर्फ सञ्चालक समितिको सदस्यजस्तो महत्वपूर्ण पदमा बसेर निजी क्लिनीक सञ्चालन गरेपछि अस्पताल सञ्चालक समितिका अधिकाशं सदस्य डा पाण्डेसँग रुष्ट थिए । 

अस्पताल सञ्चालक समितिको बैठकमा समेत बेलाबेलामा निजी क्लिनीक सञ्चालन गर्ने धम्की दिँदै आएका डा पाण्डेले गत वर्षको कात्तिकदेखि क्लिनीक सञ्चालन  गरेपछि ग्राण्डीले डा पाण्डेलाई हटाउन बाध्य भएको हो । ९ वर्षदेखि मेडिकल डाइरेक्टर र सञ्चालक समितिमा पुरा अधिकार लिएर बसेका डा पाण्डेको व्यवहारका कारण तत्कालिन समयमा डा उपेन्द्र महतो र रुपजोती समूह ग्राण्डीबाट बाहिरिएको थियो । डा पाण्डेले महतो र रुपजोती समूहलाई आफैँ ग्राण्डीको शेयर होल्डरका रुपमा ल्याएर आफैँ हटाएका थिए । 

ग्राण्डीमा ६ करोड रुपैयाँ लगानी गरेर ग्राण्डीबाट तलब र भत्तावापत हालसम्म झण्डै २५ करोडभन्दा बढी रकम लिइसकेका पाण्डेले आफ्नो श्रीमति सपना पाण्डेलाई ग्राण्डीको खरीद शाखाको प्रमुख बनाएर करौडौँ रुपैँया आर्थिक हिनामिना गरेको आरोप समेत लागेको छ । डा पाण्डेले मेडिकल डाइरेक्टर र सञ्चालक समितिको सदस्य भएर आफ्ना मान्छेलाई ग्राण्डीको रेष्टुरेन्टसमेत सञ्चालनको जिम्मेवारी दिएर ठूलो आर्थिक लाभ लिएका थिए ।  

अस्पतालको सञ्चालक समितिले डा पाण्डेको श्रीमतिलाई खरीद शाखाबाट र आफन्तलाई ग्राण्डीको रेष्टुरेन्ट सञ्चालनको जिम्मेवारीबाट हटाएपछि डा पाण्डे अस्पताल सञ्चालक समितिसँग रुष्ट हुँदै आएका थिए । अस्पताल सञ्चालक समितिबाट रुष्ट बनेका डा पाण्डेले ग्राण्डी धरासयी बनाएर आफ्नो क्लिनीकबाट आर्थिक लाभ लिनका लागि ग्राण्डीमा लामो समय काम गरेका चर्चित डा भगवान कोइराला, डा अर्जुन कार्की, डा ओममूर्ती अनिल, डा प्रकश काफ्ले लगायतलाई टोली उनकै कारण हट्न बाध्य भएका थिए । 

कोरोनाको महामारीका समयमा ग्राण्डीमा कार्यरत चर्चित डाक्टरहरु हटाउनु र आफ्नो निजी क्लिनीक खोल्नुले पनि डा पाण्डेले ग्राण्डीप्रति गरेको व्यवहार प्रष्ट देखिन्छ । ग्राण्डीले पुरा विश्वास गरेर राखेको व्यक्तिले नै घात गरेपछि ग्राण्डीको आन्तरिक व्यवस्थापनको जिम्मा विगत पाँच महिनादेखि भारतीय समूह ‘लसान्ते’लाई दिईएको छ ।

हाल ग्राण्डीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा भारतीय चिकित्सक डा अशोक बद्र्धन, सिओओमा अमृत खन्ना र प्रभावशाली कार्यकारीको भूमिकामा डा नोनिका गोयललाई दिइएको छ । डा पाण्डेले ग्राण्डीप्रति गरेको व्यवहारका कारण निमित्त मेडिकल डाइरेक्टर डा विनोद विजुच्छेलाई अस्पतालको जिम्मेवारी दिन बाध्य भएको अस्पताल स्रोत जनाउछ । 

Recent Comments

No comments to show.