नेपाललाई धर्म सापेक्ष बनाउन बुटवलमा धार्मिक कार्यक्रम, जगद्गुरु शंकराचार्यले प्रवचन दिँदै

नेपाललाई धर्म सापेक्ष बनाउन बुटवलमा धार्मिक कार्यक्रम, जगद्गुरु शंकराचार्यले प्रवचन दिँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल। सनातन धर्मको उद्गमस्थल मानिएको नेपाललाई धर्म सापेक्ष राष्ट्र बनाउन पहल गर्ने उद्देश्यसहित भैरहवा आएका जगद्गुरु शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीले सोमबारदेखि धार्मिक प्रवचन दिँदै छन्।

आइतबार भैरहवा आइपुगेका शंकराचार्यले सोमबार, मंगलबार र बुधबार तीन दिन भैरहवामा धार्मिक प्रवचन दिने र बुधबार नै भारत फर्किन कार्यक्रम छ। जगदगुरुको भ्रमणको मुख्य उद्देश्य नेपालमा हिन्दु धर्मको प्रचारप्रसार गर्नु र धर्म निरपेक्ष रहेको नेपाललाई हिन्दु राष्ट्र कायम गराउन पहल गर्ने रहेको आयोजकको भनाइ छ। हिन्दु धर्मको उद्गमस्थल रहेको नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने ब्यासाचार्य किशोर गौतमको भनाइ छ।

नेपालमै हिन्दु धर्ममाथि धार्मिक आक्रमण भइरहेको उनको भनाइ छ । भैरहवामा हुने ‘आध्यात्मिक जागरण विराट एकता धर्म सभा’मा भाग लिन सबैमा ब्यासाचार्य गौतमले आग्रह गरेका छन् ।

विश्व ओमकार एकता महाअभियानको आयोजनामा हुने कार्यक्रममा नेपालका धर्मगुरुहरू डा. चिन्तामणि योगी, ज्ञानानन्द स्वामी महाराज, आत्मानन्द गिरी महाराज, रमणा गिरीलगायत भारतबाट पनि १५ जनाभन्दा बढी धर्मगुरुहरूको सहभागिता छ।

यस अतिरिक्त ओमकार समाजमा रहेका बौद्ध, जैन, शिख धर्म लगायतका धर्मगुरुहरू पनि कार्यक्रममा भाग लिने आयोजकको भनाइ छ।

जगतगुरु शंकराचार्यले सनातन धर्मको रक्षा र प्रचारप्रसार गर्न चार दिशामा चार पीठ स्थापना गरेका थिए । चारवटा पिठमा चार जना नै शंकराचार्य छन् । भैरहवा आइपुगेका शंकराचार्य गोवद्र्धन धामका वर्तमान पिठाधीश हुन्।

Recent Comments

No comments to show.