धरानबाट दुई जना २२ तोला सुन र १८ लाख नगदसहित पक्राउ

धरानबाट दुई जना २२ तोला सुन र १८ लाख नगदसहित पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी । सुनसरीको धरानबाट प्रहरीले २२ तोला सुन र १८ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ। 

स्रोत नखुलेको सुन र नगदसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

धरानस्थित रत्न रोडबाट स्थानीय रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका २ का चन्द्रप्रसाद श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। रामबहादुरका साथबाट २२ तोला सुन र चन्द्र प्रसादको साथबाट नगद १८ लाख नगद बरामद भएको प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेन्द्र कुँवरले जानकारी दिए।

कुँवरका अनुसार बरामद सुनको बालाको तौल २२ तोला २ आना २ लाल छ। नगद १८ लाख जेब्रा झोला भित्र रातो ब्यागमा फेला परेको उनले बताए। 

रत्न रोडस्थित न्यू सूर्य लक्ष्मी स्टोर नजिकैबाट उनीहरु पक्राउ परेका हुन्। सुन खरिद गर्ने ग्राहकको खोजीमा हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Recent Comments

No comments to show.